प्रधानमन्त्री ओली भन्छन्, राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु अन्तर्राष्ट्रिय प्रचलन

राष्ट्रप्रमुखको हैसियतले यो सरकार राष्ट्रपतिकै हो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’  भन्नु अन्तराट्रिय प्रचलन भएको बताएका छन् ।  सम्बोधन गरेको भन्दै व्यापक आलोचना भएपछि त्यस विषयमा प्रधानमन्त्री केपी शर्माले ओलीले स्पष्टीकरण दिएका हुन् ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनले सम्पादकहरूसँग अन्तरक्रिया गरिरहेका छन् । शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपति भण्डारीले मेरो सरकार भन्ने शब्द प्रयोग गरेपछि राजाकै झल्को दिएको भन्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ ।

त्यस विषयमा शनिबार बिहान सम्पादकहरूसँगको अन्तरक्रियमा प्रधानमन्त्री ओलीले भने, मैले मेरो देश भन्छु, तपाईको अरुको होइन भनेको हो र ?  मेरो मात्र हो र राष्ट्रिय गान? मेरो राष्ट्रिय गौरव भन्छु । मेरो भन्ने कुराको सामूहिक अर्थमा बुझ्ने प्रयास हो ।

राष्ट्रप्रमुखको हैसियतले यो सरकार राष्ट्रपतिकै हो । त्यसैले मेरो सरकारको नीति तथा कार्यक्रम भन्नु भएको हो । यो अन्तर्राष्ट्रिय प्रचलन पनि हो । यसअघिका राष्ट्रपतिको सम्बोधन युट्युबमा हेर्नुभयो भने पनि यस्तै भनेको देखिन्छ । 


प्रतिकृया दिनुहोस