चक्रवात फणीको प्रभाव : दिउँसो मेघगर्जन र हुरीबताससहित पानी पर्ने

अन्य ठाउँको कस्तो रहला ?

काठमाडौं । बंगालको खाडीबाट उत्पन्न भएको तुफान ‘चक्रवात फणी’ नेपालमा पनि उत्तिकै प्रभाव परेको छ । जसका कारण शुक्रबारदेखि नेपालको मौसम परिवर्तन भई ठाउँठाउँमा वर्षा भइरहेको छ । 

यतिबेला काठमाडौं उपत्यकासहित मध्य क्षेत्रमा अहिले घाम लागेको छ । तर, पूर्व र पश्चिमको मौसम भने सामान्यता बदली भई केही ठाउँमा पानी परिरहेको छ । शुक्रबार बदली गराएको चक्रवात फणी र पश्चिमी न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएकाले उपत्यकामा घाम लागेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मौसमविद्हरुका अनुसार पूर्वमा असर पारेको चक्रवात फणी कमजोर हुँदै गएकाले शनिबार बेलुकीपछि पूर्वको मौसम पनि खुल्दै जानेछ । तर फणीकै प्रभावले दिउँसो पूर्वमा मेघगर्जन र हुरीबताससहित केही ठाउँमा पानी पर्ने सम्भावना छ । 

पश्चिमी वायुको प्रभावले पश्चिमको मौसम एकैछिन खुल्दै बदली हुनेछ । प्रिमनसुन भएकाले हुरीबतास र चट्याङ परे पनि हिजोअस्तिको जस्तो तीव्र गतिको हुरीबतास र चट्याङ भने नपर्ने अनुमान छ । हिजोअस्तिको बादल बाँकी रहेकाले बेलुका तिर काठमाडौं उपत्यकामा पनि पानी पर्न सक्ने छ । 

प्रतिकृया दिनुहोस