चट्याङ लागेर युवतीको मृत्यु

हेटौंडा । मकवानपुरमा शुक्रबार हावाहुरी र बर्षासंगै परेको चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका– ५ की २७ वर्षीया फूलमाया पाख्रिन भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । यस्तै चट्याङ लागेर मनहरी गाउँपालिका– ३ बस्ने ५० वर्षीया बृन्दा मोक्तान घाइते भएकी छिन् । बाख्रा चराउन गएकी मोक्तानलाई चट्याङ् लागेको थियो । मकवानपुर चट्याङको जोखिमममा रहेको जिल्ला हो ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...