बम देखाएर ब्यापारीलाई धम्क्याउने २ जना पक्राउ

रौतहट । रौतहटको सदरमुकाम गौरको मुख्य चोकमा गत १४ गते नक्कली बम राखेर त्रसित बनाउने दुई जनालाई रौतहट प्रहरील पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा गौर–५ का २१ वर्षीय नन्दकिशोर राय यादव र भारत बिहार बैरगनियाका २६ वर्षीय प्रेमकुमार पासवान रहेको प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले बताए । गौरका एक व्यापारीलाई धम्काएर ४८ लाख रुपैयाँ माग गरेका दुई युवकले व्यवसायीलाई तर्साउन नक्कली बम राखेको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका दुवैलाई मुलुकी अपराध संहिता २०७४ को विस्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गत कारवाही प्रकृया अगाडी बढाइएको एसपी खत्रीले बताए ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...