छोरीको बिहे धर्मशालामा हुँदा, घरबाट सुन चोरी

नेपालगञ्ज । नेपाललगञ्जको रानी तलाउ नजिकै रहेको राजकुमार गुप्ताको घरमा चोरी भएको छ । गप्ताको घरमा बिहिबार चोरी भएको छ । घर नजिकैको धर्मशालामा छोरीको बिहे भइरहँदा सबै घर परिवार त्यतै गएका थिए । राती १२ बजेपछि घरमा कोही नभएको मौकामा चोरी भएको हो ।

गुप्ता परिवारले नगद पाँच लाख र तीन तोला सुन चोरी भएको दावी गरेका छन् । घरमा ताला लगाइएको थियो । त्यसलाई फोरेर चोरी भएको छ ।

दराज समेत फोडेर चोरी भएको छ । १२ बजेसम्म कोही न कोही घरमै रहेको र त्यसपछि विहेको कार्यक्रमतिर गएको मौकामा चोरी भएको गुप्ताले बताए। घर नजिकैको कन्हैयालाल धर्मशालामा विहेको कार्यक्रम थियो ।

बाँके प्रहरी प्रवक्ता प्रकाश सापकोटाले चोरी भएको खबर आएपछि टोली गएर मुचुल्का गरेको बताए । प्रहरी प्रवक्ता सापकोटाले चोरको खोजी कार्य भइरहेको र चोरीको बारेमा वास्तविकता बुझ्ने काम भइरहेको बताए ।

‘घरका मान्छेले चोरी भयो भनेर आइसकेपछि होइन भन्न पनि मिलेन, घरमा गएर हेर्दा शंकास्पद छ।’ घटनास्थलमा पुगेका एक प्रहरीले भने । गुप्ता परिवारलाई नजिकबाट चिनेजानेका व्यक्तिले मौकाको फाइदा उठाएको हुन सक्ने पनि आशंका गरिएको छ ।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...