आमा खुवाउने औँसीमा के–के गर्दा मनोकाक्षा पुरा हुन्छ ? जानी राखौँ

काठमाडौँ । भोली अर्थात सोमबार आमा खुवाउने औँसी अर्थात आमाको मुख हेर्न दिन हो । नेपाली परम्परा अनुसार आमालाई विभिन्न प्रकारले पुज्ने चलन छ ।

यस दिन जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान र श्राद्ध गरि सम्झना गरिन्छ । यस दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख छ ।

धार्मिक मान्यताअनुसार त्रेता युगको सुरुवात बैशाख महिनाबाट नै सुरु भएको कारण बैशाख महिनामा पर्ने औँसीको दिनलाई विशेष महत्वका साथ मनउने गरिन्छ ।

मातातिर्थ औसीको दिन पितृ मोक्ष प्राप्त गर्नको लागि सफा शुद्ध भई उपवास बसे पितृलाई खुसी पार्न सकिने र जीवनमा हरेक कामहरु सफल हुने जनविश्वास रहिआएको छ ।

आमा खुवाउने औँसीको दिन केही गर्नैपर्ने कामहरु छन् । ति काम गर्दा आमामाथिको सम्मान हुन्छ । आमा खुवाउने औसीको दिन गनैपर्ने केही कामको बारेमा जानकारी दिइएको छ । 

– आमा खुवाउने औसीको दिन पवित्र नदि, जलासय वा कुण्डमा गइ स्नान गरेर शुद्ध पानीमा कालो तिल हालेर पितृलाई तर्पण गर्नाले विशेष लाभ हुनेछ ।

– यस दिन गरिब दुखीलाई भोजन गराउने दान दक्षिणा दिने र व्रत बसेर पितृलाई पानी अर्पण गर्दा पृतिको आत्माले शान्ति पाउनेछ ।

– यो वर्षको औँसी शनिबार परेकाले यो दिन पिपलको बोटमा जल चढाउँदा नसोचेको लाभ लिन सकिन्छ ।

– आमा खुवाउने औसीको दिन पितृद्धारा कृपा पाउनको लागि सूर्यास्त पश्चात सस्र्यूको तेलको बत्ति बाल्नुपर्छ ।

– यो दिन पितृलाई घरमा वा कुनै कुण्डमा गएर पिण्डदान गर्दा राम्रो हुनेछ ।

प्रतिकृया दिनुहोस