सिरहामा विवाहको दुई महिना नबित्दै महिलाको शङ्कास्पद मृत्यु

सिरहा । सिरहाको दक्षिणी सीमावर्ती क्षेत्रकमा पर्ने खिरौना गाउँमा एक महिलाको शङ्कास्पद मृत्यु भएको छ ।  शुक्रबार बिहान सिरहा नगरपालिका १४ खिरौना गाउँकी २१ वर्षीया मनिषा कुमारी मण्डलको विवाह भएको दुई महिना नबित्दै शङ्कास्पद मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवराज खरेलका अनुसार मण्डलको शव खिरौनास्थित घरको कोठामा बिहान करिब दुई बजेतिर मृत भेटिएको हो ।   घटनाको सूचना पाए लगत्तै घटना स्थल पुगेको प्रहरीले घटनास्थल प्रकृति मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि ८ बजेतिर सिरहा अस्पताल ल्याएको सूचना अधिकारी खरेलले बताए ।

ओछ्यानमा भेटिएको शवको पोष्टमार्टमपछि मात्र उनको मृत्युको कारणको विषयमा केही बताउन सकिने उनले बताए। ‘तत्काल सोधपुछका लागि मृतककी सासु तारादेवी मण्डल र पति रामरेश मण्डललाई प्रहरीमा बोलाइएको छ’ प्रहरी नायव उपरीक्षक खरेलले भने ।

मृतककी बाबु रघुनाथले भने ‘विवाह लगत्तै दाइजो कम ल्याएको भन्दै कुटपिट भएको छोरीले कैयौं पल्ट फोनमा रुदै सुनाएकी थिइन्।’ 

‘घर परिवारको झगडा हो, मिलेर बस्नु पर्छ’ भन्दै छोरीलाई सम्झाएको थिएँ, ज्यान नै लिएछन्’ बाबु रघुनाथले भक्कानिदै सुनाए। वैदेशिक रोजगारीमा रहेका मृतकका पति रामरेश स्वयम्ले पनि छोरीलाई दाइजोको विषयमा आमासँग मिलेर कुटपिट गर्ने गरेको थाहा पाएको उनले बताए। 



प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...