विवाहमा झडप हुँदा जन्ती पक्षका एक युवकको मृत्यु

गोरखा । बेहुला पक्ष र बेहुली पक्षबीच झडप हुँदा गोरखामा एकजनाको निधन भएको छ । पालुङटार ४ मा बुधबार साँझ ७ बजेतिर भएको झडपमा जन्ती पक्षका ३४ वर्षीय विष्णु कुमालको निधन भएको प्रहरीले जनाएको छ । 

। घरेलु हतियारको प्रयोगबाट घाइते भएका उनलाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा उनको राति निधन भएको एसपी भोला रावलले जानकारी दिए ।

घाइतेको मृत्यु भएपछि बिहीबार बिहानैदेखि त्यस क्षेत्रमा तनाव सिर्जना भएको इलाका प्रहरी कार्यालय पालुङटारले जनाएको छ । तनाव साम्य गराउन बिहीबार दिउसो चार सेल अश्रुग्यास प्रहार गरिएको एसपी रावलले बताए । उनका अनुसार अहिले स्थिति नियन्त्रणमा छ। दुई पक्षीय वार्ता सुरु भएको उनले बताए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...