ढोका फुटाएर ६ लाख रुपैयाँ चोरेर झ्यालबाट हाम्फालेका युवक प्रहरीको फन्दामा

काठमाडौ । ढोका फुटाएर ६ लाख चोरेर झ्यालबाट हाम्फालेर भाग्दे गर्दा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चोरी गरेर भाग्दै गरेको अवस्थामा एक युवकलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले मङ्गलबार साँझ धरान नगरपालिका घर भएका २३ वर्षीय कृतन राईलाई पक्राउ गरेको हो ।

राईले अनामनगरस्थित लाल बहादुर राईको घरको पहिलो तल्लामा रहेको खगेन्द्र श्रेष्ठ समेतले सञ्चालन गरेको सगरमाथा पोलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालयमा चोरी गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

राईले कोही नभएको मौका छोपी ढोका फुटाएर भित्र दराजको सेभ फोडेर ६ लाख रुपैयाँ चोरी झ्यालबाट हाम्फालेर भाग्दै गर्दा स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनी यस भन्दा पहिला पनि पटक पटक चोरीको सामान सहित पक्राउ गरेको प्रहरीले जनाएको छ। राई चोरी मुद्दामा दुई वर्ष कैद भुक्तान गरी आएको १ महिनापछि नै चोरी कार्यमा संलग्न भएको प्रहरीको अनुसन्धानमा देखिएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...