धादिङमा माइक्रोसँग ठोक्किएको मोटरसाइकललाई ट्रकले किच्दा २ जनाको मृत्यु

काठमाडौं । धादिङमा माइक्रोसँग ठोकिएको मोटरसाइकलाई ट्रकले किच्दा २ जनाको ज्यान गएको छ ।  धादिङको गल्छी गाउँपालिकामा पर्ने पृथ्वी राजमार्गमा सो दुर्घटना भएको हो । माइक्रोबससँग ठोक्किएकर अनियन्त्रित भएको मोटरसाइकललाई ट्रकले किच्दा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

बुधबार दिउँसो चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ९७ प २५३८ नम्बरको मोटरसाइकल काठमाडौंबाट नवलपरासीतर्फ जाँदै गरेको बा ४ ख ९१०३ नम्बरको माइक्रोबससंग ठोक्किएको थियो ।

त्यसपछि अनियन्त्रित भएको मोटरसाइकललाई चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ५६१४ नम्बरको ट्रकले किच्दा मोटरसाइकलमा सवार चन्द्रागिरी नगरपालिका ५ काठमाडौंका २९ वर्षका राज महर्जन र ३० वर्षका कविकुमार महर्जनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

हाल दुबै शव पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए । माइक्रोबस र ट्रक चालक दुबैलाई प्रहरीले नियन्त्रण गरेको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...