तस्करले गस्तीमा रहेका प्रहरीको हतियार लुटे

धनुषा । धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा तस्करहरूको समूहले प्रहरी सहायक निरीक्षकको पेस्तोल लुटेर भागेका छन् ।

विहान गस्तीमा रहेको बेला तस्करहरूको समूहले गस्तीमा रहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक प्रमोद कुमार साहसँग रहेको चाइनिज पेस्तोल १ थान र त्यसको म्यागेजिन समेत लुटेर लगेका छन् ।

रक्सी तस्करी गर्ने गरेका समूहले पेस्तोल लुटेको बताइएको छ । घटना सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले पनि पुष्टि गरेका छन् ।

घटनास्थलमा अर्का प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोको नेतृत्वमा प्रहरीको टोली परिचालन भएको कार्कीले बताए । तर अहिलेसम्म तस्करको टोली फेला परेको छैन ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...