मन्त्री रावलको पहलमा एकैदिन हेलिकप्टरबाट दुई सुत्केरीको उद्धार

सुर्खेत । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले एकै दिन दुई जना सुत्केरी महिलाको उद्धार गरेको छ । बुधवार बिहान चंखेली गाउँपालिकाको मेल्छम स्वास्थ्य चौकीमा कार्यरत ३३ वर्षीया अनमी निशा नेपालीलाई एअरलिफ्ट गरेको मन्त्रालयले दिउँसो दुई बजे ओदानचुली गाउँपालिका– १ कि ३५ वर्षीया राजकला महतारोको उद्धार गरेको हो ।

अनमी निशाको घर घोराही नगरपालिका– १५ मा पर्छ । उनी हुम्लाको चंखेली गाउँपालिकाको मेल्छाम स्वास्थ्य चौकीमा अनमीको रूपमा काम गर्दै आएकी थिइन् । गर्भपतन गराउँदा अत्याधिक रक्तश्राव भएकोले उनलाई हेलिकप्टरमार्फत प्रदेश अस्पताल कालागाउँमा पुर्‍याइएको हो । अहिले उनको उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

राजकला महताराका दुई छोरा एक छोरी छन् । उनलाई हिजो साँझ सुत्केरी व्यथा लागेको थियो । तर उनको ुसालनालु पहिले खसेका कारण उनले बच्चा जन्माउन सकिनन् । त्यो खबर सामाजिक विकास मन्त्री दल रावलकहाँ आइपुग्यो । तत्काल उनले आफू गएर हेलिकप्टर मार्फत उद्धार गर्न लगाए । अहिले उनको उपचार पनि प्रदेश अस्पतालमा भइरहेको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...