कार दुर्घटना हुँदा युवा संघका प्रदेश अध्यक्षसहित चार घाइते

दाङ  । नेकपाका नेता चढेको कार दाङमा दुर्घटनामा परेको छ । बुधबार दाङबाट बुटवल जाँदै गरेको बा १९ च १३३ नम्बरको कार दाङ र अर्घाखाँचीको सिमानामा दुर्घटना हुँदा नेकपाका प्रदेश कमिटी सदस्य, युवा संघका प्रदेश अध्यक्षसहित चार जना घाइते भएका हुन् ।

दुर्घटनामा युवा संघ प्रदेश ५ का अध्यक्ष मनोहर बुढाथोकी, प्रदेश सदस्य लक्ष्मण शर्मा, शिवकुमार आचार्य, शिवानन्द गिरी घाइते भएका हुन् । 

पूर्व पश्चिम राजमार्गको शितगंगा नगरपालिक–८ अर्घाखाँचीमा कार र ट्रक ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । नेकपाका नेताहरु चढेको बा १९ च १३३ नम्बरको कारलाई नारायणघाटबाट दाङको घोराही आउँदै गरेको ना ६ ख ४३४९ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

घाइते सबै जनालाई दाङमा प्रारम्भिक उपचारपछि नेपालगञ्ज रिफर गरिएको दाङ प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...