को सँग हुँदैछ पूर्वराष्ट्रपति यादवकी छोरी अनिताको विवाह ?

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवकी छोरी अनिता यादवको यही बैशाख २३ गते विवाह हुने भएको छ । उनको रौतहट निवासी ईन्जिनियर रमेश यादवसँग विवाह हुन लागेको हो ।

पूर्व राष्ट्रपति यादव निकट उच्च स्रोतका अनुसार उनले छोरीको विवाह धनुषाको जनकपुरस्थित् आफ्नै निवासबाट गर्ने भएका छन् ।

अनिता यादव नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवकी एकमात्र छोरी हुन् । अनिता यादव महिला अधिकार, बाल अधिकार, महिला सशक्तिकरण, महिला पुरुष बीच विद्यमान असमानता, व्यक्तिको स्वतन्त्रता र मौलिक अधिकार, समानता र सामाजिक र विभेदमा न्यूनिकरण, महिलाको जीवनस्तर वृद्धि जस्ता सामाजिक कार्यमा पनि संलग्न छिन् ।

अनिता स्थानीय गैरसरकारी संस्था, सरकार, अन्तराष्ट्रिय गैरसरकारी संस्था लगायतसँग मिलेर विद्यमान सरोकारवाला बीच आफ्नो कार्यक्रम पनि गर्छिन् । उनले काठमाडौँमा पद्म कन्या क्याम्पसबाट उच्च शिक्षा लिइन् ।

उनले लण्डनबाट समाजशास्त्रमा मास्टर्स डिग्री पुरा गरिन् । पूर्वराष्ट्रपति पुत्री अनिताले २०७२ सालको भूकम्पमा राहत वितरणमा पनि उल्लेख्य भूमिका निर्वाह गरेकी थिइन् ।

उनको नेत्तृत्वमा रहेको विपी सामाजिक केन्द्र, धनुषाले सिन्धुपाल्चोकका भूकम्प पीडितलाई करिब १० लाख रुपैयाँ बराबरको राहत सामग्री उपलव्ध गराएको थियो । विभिन्न संघसंस्थामा आवद्ध अनिता योग गुरु पनि हुन् ।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...