सताव्दी पुरुषको सम्मानमा सार्वजनिक विदा !

काठमाडौं । सार्वजनिक विदा दिने निश्चित नियम नहुँदा मनपरी विदा दिने चलन बढ्दै गएको छ । यही गर्दैछ ललितपुर महानगरपालिकाले पनि ।सँस्कृतिविद तथा सताव्दी पुरुष सत्यमोहन जोशी सय वर्ष पुगेको अवसरमा महानगरपालिकाले एक दिन सार्वजनिक विदा नै दिने भएको छ । 

नेपाली कला, सँस्कृति र साहित्यमा योगदान गरेका जोशी वैशाख ३० गते सय वर्ष पुग्दैछन् । त्यस दिन ललितपुर महानगरपालिकाले स्थानीय सरकारको अधिकार प्रयोग गरेर महानगरपालिकाभर सार्वजनिक विदा दिएको छ । 

जोशीको जन्मशताब्दी महोत्सव मनाउन मेयर चिरिबाबु महर्जनको संयोजकत्वमा १ सय ११ सदस्यीय समिति गठन भएको छ । समितिमा राष्ट्रियसभाका सांसदहरु, प्रतिनिधिसभाका सांसदहरु, प्रदेशसभाका सांसदहरु, काठमाडौं महानगरपालिकाका मेयरलगायत छिमेकी नगरपालिकाका मेयरलाई पनि समावेश गरिएको छ । 

महानगरपालिकाले २०७६ वैशाख ३० गतेदेखि २०७७ वैशाख ३० गतेसम्म विभिन्न कार्यक्रम गर्ने पनि बताएको छ । बैशाख ३० मा महानगरपालिकाले मंगलबजारबाट लगनखेल, जावलाखेल हुँदै साँस्कृतिक जन्मोत्सव र्‍याली गरी बाजागाजासहित नगर परिक्रमा गराई र पुल्चोकमा विशेष कार्यक्रम गर्नेछ । सोही दिन विहान रक्तदान कार्यक्रम पनि गर्नेछ ।

साँझ दिपावली कार्यक्रम गर्ने, महानगरपालिकाभित्र स्थायी बसोवास गर्ने १०० वर्ष पूरा गरेका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने,  स्थानीय सरकारको अधिकार प्रयोग गरी वैशाख ३० गते महानगरपालिका अन्तर्गतका सबै कार्यालयहरुमा स्थानीय सार्वजनिक विदा दिने भएको छ । 

वर्षभर गरिने कार्यक्रमको खाकासमेत महानगरपालिकाले तय गरेको छ । नेपाल र भारतको परापूर्व कालदेखिको दौत्य सम्बन्ध रहेको अशोक सम्राटको छोरी चारुमतीको बारेमा र्‍याली गर्ने, सेतो चैत्य पुस्तक अंग्रेजीमा प्रकाशन गर्ने, चारुमति पुस्तक नेपालीमा प्रकाशन गर्ने, जोशीको तस्विर अंकित व्यानर सगरमाथामा फहराउने, तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्न पहल गर्ने लगायतका कार्यक्रम रहेको महानगरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...