बिहेबाट अपहरित बालकको ५ दिनपछि भारतबाट सकुशल उद्दार

राजविराज । सप्तरीको राजगढ गाउँपालिका ३ बाट गत शुक्रबार अपहरणमा परेका सोही वडा निवासी १२ वर्षीय स्कुले बालक लक्ष्मण यादव भारत बिहार राज्य सीतामढीको शिवहरबाट मंगलबार बिहान अपहरण मुक्त भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट सादा पोशाकमा प्रहरी उपरिक्षक राजेन्द्र विष्टको नेतृत्वमा खटेको टोलीले भारत सीतामढीको शिवहरस्थित एक होटलबाट बालक यादवलाई मंगलबार बिहान ३ बजेतिर सकुशल उद्दार गरेको हो ।

मंगलबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएका बालक यादवलाई परिवारको जिम्मा लगाइएको छ । राजगढ गाउँपालिकास्थित ज्ञान ज्योती बोर्डिङ्ग स्कुलमा कक्षा ३ मा अध्ययनरत बालक यादव गत १३ बैशाखमा टोलमै आफन्तको विवाह भोज खान गएको बेला अपहरणमा परेका थिए ।

पिसाब गर्न निस्केको बेला अचानक मोटरसाइकलमा आएका दुई तीन जना अपरिचित व्यक्तिले आँखा मुख छोप्दै जबरजस्ती मोटरसाइकलमा राखेर अज्ञात स्थलतर्फ लगेको बालक यादवको भनाई छ ।

केही नेपाली र केही भारतीय अपराधी प्रयोग गरी बालक यादवको फिरौतीका लागि अपहरण गरेको खुलेको र अनुसन्धानका लागि तीनजना शंकास्पद स्थानिय व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक विष्टले जानकारी दिए । यद्यपी अनुसन्धानमा बाधा पुग्ने र संलग्न अन्य अपराधी फरार हुन सक्ने भएकाले पक्राउ परेकाहरुको नाम गोप्य राखिएको उनको भनाई छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...