धनकुटामा रहने भयो प्रदेश १ को सम्पर्क राजधानी

धनकुटा । प्रदेशको राजधानी तोक्ने विषय पेचिलो बन्दै गएको बेला प्रदेश सरकारले धनकुटालाई सम्पर्क राजधानी तोकेको छ । मंगलबार बसेको न्त्रिपरिषदको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो ।

प्रदेश नम्बर १ को नाम र स्थायी राजधानी तोक्न प्रदेश सरकारलाई सकस परिरहेको छ । यही बेला प्रदेश सरकारले धनकुटालाई प्रदेशको सम्पर्क राजधानी राख्ने निर्णय गरेको हो । साथै धनकुटामा यातायात कार्यालय राख्ने निर्णय पनि गरेको छ । 

क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहने छ । धनकुटा यसअघि पूर्वाञ्चल विकास क्षेत्रको राजधानी थियो ।

संघीय सरकारले क्षेत्रीय प्रशासन कार्यालयहरु भंग गरे लगत्तै प्रदेश सरकारले पूरानो क्षेत्रीय सदरमुकामलाई प्रदेशको सम्पर्क राजधानी बनाएको हो । प्रदेश राजधानी बनाउन माग गर्दै धनकुटामा लामो समयदेखि आन्दोलन हुँदै आएको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...