फेरि मुख्यमन्त्री पोखरेल हिड्ने बाटोमै बम बिष्फोट

रोल्पा । प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेललाई तर्साउने उदेश्यले सोमबार दिउँसो रोल्पा नगरपालिका–४ रुन्टाबाङ र तित्रिकोट गाउँको बीचको पाल्लो पखेरास्थित गहुँबारीमा बम विस्फोटन भएको थियो । त्यसको एक दिन बित्न नपाउँदै फेरि मुख्यमन्त्री पोखरेल लक्षित गर्दै बम बिष्फोट भएको छ । 

प्रदेश–५का मुख्यमन्त्री शंकर पोखरेल हिँडेको सडक नजिकै रोल्पामा बम बिस्फोट भएको छ । मुख्यमन्त्री पोखरेल हिँडेको गैरीगाउँस्थित राँकडाँडामा मंगलबार विहान ११ बजे बम बिस्फोट भएको हो । 

सदरमुकाम लिवाङबाट त्रिवेणी गाउँपालिकाको जुगारमा हुने आमसभामा सहभागी हुन जाँदै गर्दा सडक नजिकै जंगलमा बम बिस्फोट भएको भए पनि कुनै क्षति भएन । अर्कोतर्फ रोल्पा प्रहरी प्रमुख डिएसपी दिपक खड्काले कुनै बम बिस्फोट नभएको बताए । तर, गैरीगाउँ स्थानीयले भने बिस्फोटको ठुलो आवाज आएको बताएका छन् ।

सोमबार भएको बिस्फोटको जिम्मा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेकपाले लिइसकेको छ । मंगलबार भएका बम विष्फोटको भने अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...