डोजर प्रयोगले खानेपानी र विद्युत् सेवा अवरोध

बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिका–२ कोल्टीमा खानेपानीको हाहाकार भएको छ । साथै यहाँका स्थानीयबासी महीना दिनदेखि अँध्यारोमा बस्न बाध्य छन् । आरसी आइडब्लुले कोल्टीबाट नुरी जाने बाटो खन्दा खानेपानीको पाइप अवरुद्ध पारेको छ भने नगरपालिकाकै सिराडी जाने बाटो निमार्ण गर्दा बिजुली बत्ती अवरुद्ध बनेको हो । 

बजार र बजारक्षेत्र आसपासका गाउँमा खानेपानी भए पनि अहिले स्थानीयवासी खोलाको पानी खान बाध्य छन् । बिजुली र खानेपानी एकसाथ अवरुद्ध भए पनि नगरपालिकाले कुनै वास्ता नगरेको प्रति स्थानीयवासी आक्रोशित भएका छन् । 

लामो समयदेखि बिजुली र खानेपानीको अभाव हूँदा बजार क्षेत्रमा बस्ने व्यापारी र स्थानीयवासीलाई समस्या भएको कोल्टीका काशीराम कैलाले बताए । मार्तडीपछिको दोस्रो ठूलो बजारक्षेत्र कोल्टीमा छ ।

नियमित विमान उडान हुन्छन्, हुम्ला, मुगु र कालिकोटसहित बाजुराका चार स्थानीय तहको चहलपहल हुने क्षेत्र हो कोल्टी । तर अवस्था हेर्दा दुर्गम गाउँको भन्दा फरक छैन । “यहाँका नागरिकलाई अरु विकास चाहिएको छैन, उनीहरुको पहिलो माग नै पानी र बिजुली हो”, स्थानीय नवराज भारतीको भनाइ छ । 

स्थानीय हिरेन्द्र बोहराले भने, “पानीकै नाममा वर्षेनी लाखौँको बजेट खर्च भएको छ भने बिजुलीकै नाममा  सात करोड बढी रकम उपभोक्ता समितिले खर्च गरिसकेका छन्, तर पनि कोल्टीबासीले न त नियमित खानेपानी पाएका छन्, न त बिजुली बत्ती नै पाएका छन् ।” 

कोल्टी बजारमा मात्र आठ हजार बढीको बसोबास छ । क्याम्पसदेखि विमानस्थल, उच्चमाविदेखि नगरपालिकाको कार्यालय । स्थानीय सरकार गठनकै दुई वर्ष पुग्न लाग्दा पनि कोल्टीको खानेपानी समस्या सधान गर्न सकेको छैन । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...