ललितपुरमा जीप दुर्घटना, तीन जनाको मृत्यु

ललितपुर । बाग्मती गाउँपालिका वडा नम्बर–३ तीनपानेमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।


तीनपानेबाट भट्टेडाँडाका लागि छुटेको बा ५ च ५६९६ नम्बरको जीप दुर्घटना हुँदा महोत्तरी बर्दिबासका १९ वर्षका विशाल थापामगर, ललितपुर तीनपानेकी १६ वर्षकी सुनिता लोप्चन  र सरिता मोक्तानको ज्यान गएको प्रहरीले जनाएको छ ।


सोमबार बेलुका ९ बजेतिर भएको दुर्घटनामा विशालको घटनास्थलमै र सुनिता र सरिताको उपचारका क्रममा आनन्द वन अस्पताल ललितपुरमा ज्यान गएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...