विवाह मन्डपबाटै एक जोडीसहित ४ पक्राउ

संखुवासभा । विवाह गर्न लागेका एक जोडीलाई विवाह मन्डपबाटै पक्राउ परेका गरिएको छ । शनिबार खाँदबारी नगरपालिका–६ तल्लो पांठाबाट प्रहरीले बेहुला–बेहुली सहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेहुला ३६ बर्षीय जित बहादुर तामाङ, बुवा कैलाशपति तामाङ, बेहुली र उनको बुवा तिर्थ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक सन्तोश राईले जानकारी दिए ।

शनिबार बाजा–गाजासहित विवाह गर्न लागेका जोडीलाई प्रहरीले विवाह मन्डपबाटै पक्राउ परेको हो । बाल विवाह हुँदै गरेको सुचना पाए लगत्तै प्रहरीे टोली पांठा पुगेको थियो । पक्राउ परेका ४ जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यता बेहुलीका आफन्तले बेहुलीको २०५६ साल बैशाख ३ गते जन्म भएकाले २० बर्ष पुरा भइसकेकाले विवाह गरेको बताएका छन् । पक्राउ परेकी बेहुली २० बर्ष पुगे नपुगेको जन्म दर्ताको खोजी नगरपालिकाले गरे पनि पुरानो डाटा अहिलेसम्म नभेटिएको वडा अध्यक्ष दयानिधि बरालले जानकारी दिए ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...