निर्मला हत्या प्रकृतिकै अर्काे घटना, तनहुँमा १३ वर्षीया अनिशा परियारको बलात्कारपछि हत्या

तनहुँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा ९ महिना बितिसक्दा पनि सर्वजनिक नभएको अवस्थामा तनहुमा यस्तै प्रकृतिको अर्का घटना भएको छ । 

तनहुँको दोर्दी गाउँपालिका–२ स्थित अर्चलबोट साँखरकी १३ वर्षीया किशोरीको बलत्कार प्रयासपछि हत्या भएको छ । अर्चलबोटको लक्ष्मीनारायण माध्यमिक  विद्यालयको कक्षा ६ मा पढ्ने १३ वर्षीया अनिशा परियारको मृत्यु अस्वभाविक देखिएपछि प्रहरीले अनुसन्धान थालेको हो ।

हत्या अभियोगमा एक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत बैशाख ९ गते घाँटीमा सल बेरिएको अवस्थामा बालिकाको शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

बालिकाको नाताले हजुरबुवा र हजुरआमा पर्ने दोर्दी–३ श्रीमञ्ज्याङका ४५ बर्षीय राजकुमार परियार र उनकी श्रीमती ४९ वर्षीया जालु परियारलाई हत्या अभियोगनमा प्रहरीले नियन्त्रणमा लिएको छ । 

हजुरबा हजुरआमा र बाबाआमासँगै अनिशा तनहुँको बाइसजँघारमा विहेभोजमा गएका थिए । विहेभोजपछि बुवा काममा गएको र आमा किताव किन्न गएपछि अनिशा नाताले हजुरबुवा हजुरआमासँगै घर फर्केकी थिइन् । अनिशालाई घर पु¥याए पनि राजकुमार घर नगई एक्ली अनिशासँगै बसेको प्रहरी स्रोतले बताएको छ । 

घरभित्र रहेकी अनिशालाई जवर्जस्ती गर्न खोजेको र नमानेपछि घटना बाहिर आउने डरले किशोरीलाई घाँटीमा अँठ्याएको राजकुमारले स्वीकारेका छन् ।स्थानीयले घटना भएको दिन राजकुमार र उनकी पत्नी उक्त ठाउँमा भएको जानकारी दिएपछि दुवैजनालाई पक्राउ गरी अनुसन्धान गर्दा पोल खुलेको प्रहरी प्रमुख डिएसपी यादव ढकालले जानकारी दिए ।

दम्पत्तीलाई पक्राउ गरी जिल्ला अदालतबाट १० दिन म्याद थप गरेर थप अनुसन्धान थालिएको छ । उनीहरुविरुद्ध कर्तव्य ज्यान अभियोगमा मुद्दा चलाइने प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...