बिहेमा जन्ती गएका १२ वर्षीय बालकको अपहरण

सप्तरी । सप्तरीमा बिहेमा जन्ती गएका १२ वर्षीय बालकको अपहरण भएको छ । सप्तरीमा मामाको बिहेमा जन्ती गएका एक १२ वर्षीय बालक अपहरणमा परेका छन् ।

सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोका जागेश्वर यादवका १२ वर्षीय छोरा लक्ष्मण यादव शुक्रवार राति त्यही गाउँपालिकामा आफ्ना मामाको बिहेमा जन्ती गएका बेला अपहरण भएको पीडित परिवारले बताएका छन् ।

राजविराजमा रहेको ज्ञानज्योति बोर्डिङ्ग स्कुलमा कक्षा ३ मा अध्ययनरत बालक जन्ती गएको बेला राति नै अपहरणमा परेको भन्दै उद्दार गरिदिन पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय सप्तरीमा आईतबार उजुरी समेत दर्ता गराएका छन् ।


प्रतिकृया दिनुहोस