एक सातामा प्रदेश नम्बर १ ले नाम पाउँदै

विराटनगर । लामो समयको प्रतिक्षापछि प्रदेश नंं. १ ले एकसाताभित्र प्रदेशको नाम र राजधानी पाउने भएको छ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नामांकरण र राजधानीको लागि नाम दर्ता गराउन सांसदहरूलाई १९ गतेसम्मको समय दिएर प्रस्ताव आह्‍वान गरेपछि एक सातामै टुंगो लाग्ने भएको हो ।

प्रदेशसभा सचिवालयका अनुसार प्रदेशको नाम र राजधानीको प्रस्ताव दर्ता भएसँगै उक्त विषयमा छलफल हुनेछ। छलफलबाट सहमति नभए मतदानको आधारमा विषयको टुंगो लाग्नेछ । संविधानले प्रदेशको नामाकरण र राजधानीको टुंगो लगाउन प्रदेशसभाको दुईतिहाइ मत आवश्यक पर्ने व्यवस्था गरेको छ ।

सभामुख भण्डारीले प्रदेशको नामांकन र राजधानीको विषयमा सदनमा कार्यसूचीको रूपमा राखेसँगै प्रदेशले नाम र राजधानी पाउने भएको छ। यसअघि प्रदेशसभाले १ वर्ष बितिसक्दा पनि आफ्नो नाम र राजधानी तोक्न नसकेको भन्दै चौतर्फी आलोचना भएको थियो ।

प्रदेशसभाको आइतबार बसेको प्रदेशसभाको बैठकबाट सभामुख भण्डारीले १९ गतेसम्ममा प्रदेशको नाम र राजधानीको प्रस्ताव गर्न आह्‍वान गरेका हुन् । सभामुख भण्डारीले त्यसका लागि आव्हान गर्ने सूचना जारी गर्न प्रदेशसभा सचिवलाई  निर्देशन दिएको पनि संसदलाई जानकारी दिए ।

प्रतिकृया दिनुहोस