आफ्नै बुहारीले तातो भातको माड खनाउँदा जेठाजु सिकिस्त

काठमाडौँ । राजविराज नगरपालिका ११ फर्सैठमा बसोबास गर्ने राजकुमार खंगलाई उनकी आफ्नै बुहारीले शरीरमा तातो भातको माड खन्याएकी छन् । जेठाजु नाता पर्ने खंगको तातो भातको माडले जलेर सिकिस्त भएका छन् ।

उनको धेरै ठाउँमा घाउ बनेको छ । बुहारी भोलीदेवी खंगले माड खन्याएको स्थानीयलाई भनेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले भोलीदेवीलाई नियन्त्रणमा लिएको छ , भने राजकुमारको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।

घटना शुक्रबार दिउँसोको हो । जतिबेला यी दुबैबीच नालासम्बन्धी विवाद भइरहेको थियो । भेलीदेवीका श्रीमान रोजगारका निम्ति विदेशमा रहेको बखत घर अगाडिकै नालाको बिषयमा राजकुमारसँग विवाद भएको र सोही क्रममा उनले माड खन्याएर जेठाजुलाई सिकिस्त बनाएको प्रहरीको भनाइ छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...