जीप दुर्घटना हुँदा २५ जना घाइते २ को अवस्था गम्भिर

कालिकोट । कालिकोटमा तरकारी बोक्ने जीप पल्टिँदा २५ जना घाइते भएका छन् । जिल्ला सदरमुकाम मान्म बजारदेखि करिब ४ किलोमिटर दुरीमा रहेको पंचदेवल माध्यामिक विद्यालयमा नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा हिँडेका खेलाडी र दर्शक बोकेको जीप जिल्ला अस्पतालको मोडमा पल्टिँदा २५ जना घाइते भएका हुन् ।

प्रहरीकाअनुसार क्षमताभन्दा बढी यात्रु बोकेर कार्यक्रमस्थलतिर जाँदै गरेको लु १ च ६४६४ नम्बरको मदन होटलको रातो प्लेटको जीप अस्पतालको मोडमा बायाँतिर मोड्दै गर्दा पल्टिएर ५ जना महिला र २० जना पुरुष घाइते भएका छन् ।

पाँच जना यात्रुहरु बोक्न मिल्ने जीपमा ३५ जनाभन्दा बढी यात्रुहरु बोकेकाले जीप पल्टिएको प्रहरीको भनाई छ । जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक नवराज भट्टले जीप दुर्घटनामा घाइते भएका २५ जना मध्ये २ जना गम्भीर रहेको जानकारी दिए । 


प्रतिकृया दिनुहोस