धनगढी हवाई उडान एक महिना बन्द हुने

धनगढी ।  धावन मार्गको स्तरोन्नतिका लागि यहि वैशाख २२ गते देखि जेठ २१ गतेसम्म विमानस्थल बन्द हुने  भएको छ । १० वर्षमा धावन मार्गको स्तरोन्नति गर्नुपर्ने भएपनि विगत १४ वर्षदेखि धावनमार्गको स्तरोन्नती गरिएको छैन ।

झण्डै २२ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग, पार्कीङ क्षेत्र विस्तार लगायतको कार्य हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए।

धनगढीमा बसेको सरोकारवालाको बैठकले विमानस्थलको स्तरोन्नतति गर्नुपर्ने भएकाले एक महिना विमानस्थलमा हुने उडान बन्द गर्ने निर्णय गरेको हो।

बैठकले नेपाल नागरिक उड्यान प्राधिकरणको प्रधान कार्यालयलाई विमानस्थल बन्द हुने सूचना प्रकाशन गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

६० मिटर चौडाई र १८ सय मिटर लम्बाईको कालोपत्रे धावनमार्ग रहेको धनगढी विमानस्थलको धावन मार्गमा थप कालोपत्रे गरिने छ भने दुबैतर्फ २-२ मिटर धावन मार्ग फराकिलो बनाइने छ ।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...