सामसङ आगो निभाउने ‘फायरवास’ ल्याउँदै

काठमाडौँ । सामसङले आगो निभाउने ‘फायरवास’ आफ्ना उपभोक्ता माझ ल्याउने भएको छ । नयाँ उत्पादनले कम्पनीलाई फेरि चर्चामा ल्याउने अपेक्षा गरिएको छ ।

रातो रंगको फायरवास पीभीसीबाट फूल राख्ने भाँडो (वास) बनेको छ । यो वासको बीचमा खाली भाग हुन्छ जसमा घरमा राखिने फूल वा अन्य कुनै सानो विरूवा राख्न सकिन्छ ।

पीभीसीको यो रातो ट्युब पारदर्शी हुन्छ । यो वास अन्य वासभन्दा फरक छ । यो सजावटको सामानको रूपमा प्रयोग हुनुको साथै मानिसको ज्यान बचाउन पनि उपयोगी हुन्छ ।

यो पीभीसी वासको बाहिरी पत्र आगो निभाउने मिश्रण पोटासियम कारबोनेटबाट बनेको छ । यसले अक्सिजनलाई चिसो र थिचेर राख्छ । यो वासलाई आगो निभाउन प्रयोग गर्न मात्र फाल्नुपर्ने हुन्छ ।

आगो लागेका बेला यो वास उठाउनुस् र आगोमा फाल्नुस यसले आगो निभाइदिन्छ ।सामसङले जनाएअनुसार फायरवासले परम्परागतरूपमा प्रयोग गरिने आगो निभाउने विधिलाई फेर्नेछ । आगो लागेको ठाउँमा पुग्न गाह्रो भइरहेको हुन्छ त्यस्ता ठाउँमा यो फायरवासलाई फाले पुग्नेछ ।

 परम्परागतरूपमा प्रयोग गरिने वासको ठाउँमा सामसङको यो वास बढी लोकप्रिय हुने विश्वास गरिएको छ । सामान्यरूपमा यसले सजावटका लागि वासको रूपमा काम गर्छ । आवश्यकता परेका बेला आगो निभाउने काम गर्छ । सामसङको यो वास उसको सहयोगी कम्पनी चिल वल्र्डवाइडले बनाएको छ ।


प्रतिकृया दिनुहोस