करेन्ट लाग्दा एकको मृत्यु एक घाइते

कञ्चनपुर । कञ्चनपुरमा टेबुल पङ्खामा जोडिएको तार छुटेर करेन्ट लाग्दा छ वर्षीया बालिकाको मृत्यु भएको छ ।  कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ वाणिमा शुक्रबार करेन्ट लागेर बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा  नरेश भुलकी छोरी कमला भुल भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिएका छन् ।

करेन्टले झड्का दिँदा सोही घरका ५५ वर्षीय देबुवा भुल सामान्य घाइते भएका छन् । मृतक बालिकाको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल पठाइएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...