आन्दोलनरत प्राविधिकले तत्काल काममा नफर्के कडा कारबाही गरिने

काठमाण्डौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आन्दोलनरत इन्जिनियरलाई तत्काल काममा नफर्के कडा कदम चाल्ने चेतावनी दिएका छन्

प्राधिकरणका इन्जिनियरले बिहीबार सामूहिक राजीनामा दिएको घोषणा गरे लगत्तै ज्ञवालीले सामाजिक संजाल ट्वीटरमार्फत तत्काल काममा नर्फकिए कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

उनले प्राविधिकका मागहरु पूरा भइसकेको भन्दै तत्काल काममा नफर्किए कडा कदम चाल्ने चेतावनी दिएका हुन् ।

प्राविधिकहरुका मागहरु पूरा भइसकेका छन् । त्यसबारे नेपाल इन्जनियर्स एशोसियसनका पदाधिकारीहरुको उपस्थितिमा प्राविधिकहरुलाई जानकारी गराएका थियौं । पछि राजीनामा दिएको भन्ने कुरा आएको छ ।

अब तत्काल काममा नफर्किए कडा कदम चाल्न हामी बाध्य हुनेछौं । भूकम्पपछिको पुनर्निर्माणमा जुटेका इन्जिनियरले भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्ने भन्दै सामूहिक राजीनामा दिएको घोषणा गरेका थिए ।


प्रतिकृया दिनुहोस