आजको मौसम: अधिकांश स्थानमा आंशिक देखि सामान्य बदली कायमै

केही ठाउँमा वर्षाको सम्भावना

काठमाडौं, वैशाख । देशका विभिन्न स्थानमा शुक्रबार पनि बदली कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


देशका पूर्वी क्षेत्रका भूभागहरुमा तथा मध्य र पश्चिमका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने मौसमविदले बताएका छन् ।


बाँकी भूभागमा भने सामान्यतया मौसम सफा रहने अनुमान गरिएको छ । देशका पूर्वी क्षेत्रका केही स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित वर्षाको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस