ट्याक्टरको ठक्करबाट बालिकाको ज्यान गयो

कञ्चनपुर । कृष्णपुर नगरपालिका ३ बाणी–देखतभूली सडकखण्डमा ना ७ त ४०४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा बिहीबार साँझ सात वर्षीय बालिकाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गुलरीयाका प्रहरी नायव निरीक्षक भरत धामीका अनुसार ट्याक्टरले ठक्कर दिँदा सुभम कुमारी चौधरी डगौराको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने ट्याक्टरसहित चालक लालझाडी गाउँपालिका ३ का वीरबहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक परिवारले क्षतिपूर्तिको माग गर्दै  घटनास्थलबाट शव उठाउन दिएका छैनन् । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...