पेस्तोलसहित पोल्यान्डका नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं । पेस्तोलसहित पोल्यान्डका एक नागरिकलाई पक्राउ गरिएको छ । कतार एयरको उडानद्धारा काठमाडौं आएका एडोम रज्जर एडाडमुसलाई जाँच गर्ने बेला पेस्तोल फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

राहदानी नम्बर इएक्स १६५२४०९ नम्बर भएका पोल्यान्डका  एडाडमुस पेस्तोलसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आर्लिएका थिए । उनले बोकको ह्याण्ड ब्यागमा भन्सार कार्यालयले जाँच गर्ने क्रममा मेड इन चाइना लेखिएको पेस्तोल फेला परेको हो ।

कालो रङको पेस्तोल र १ सय ७७ क्यालिबरको ३ राउन्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ । उनलाई बुधबार साँझ पक्राउ गरिएको हो । 




प्रतिकृया दिनुहोस