महिलामा हुने विभेदलाई व्यावहारिक रुपमै अन्त्य गर्नुपर्छः मन्त्री बाँस्कोटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले महिलामा हुने विभेदलाई व्यावहारिक रुपमा अन्त्य गर्नुपर्ने बताएका छन् ।

‘इन्टरनेश्नल गल्र्स इन आइसिटी डे’ का अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणद्वारा बिहिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनलेि कानूनीरुपमा महिलामा विभेद नभए पनि यसले व्यावहारिक रुप लिन नसकेकाले सरकार र सरोकारवाला सङ्घ÷संस्थाले पहल गर्नुपर्नेमा जोड दिएका हुन् ।

“कानूनीरुपमा महिलामा शिक्षा, स्वास्थ्य, नागरिकता र सम्पत्तिको अधिकार सुनिश्चित भएको छ तर व्यावहारिक रुपमा पछाडि पारिएकाले हामी सबै मिलेर त्यसको समाधान गर्नुपर्छ” मन्त्री बाँस्कोटाले भने । 

सूचना, सञ्चार र प्रविधि सदुपयोग गरेर योे क्षेत्रमा महिलाको बढीभन्दा बढी सहभागिता हुनुपर्नेमा जोड दिँदै उनले भ्रष्टाचार अन्त्यका लागि पनि यस क्षेत्रमा महिलाको सहभागितामा वृद्धि गर्नुपर्ने बताए ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सरकारले अघि सारेको ‘डिजिटल नेपाल’को अभियानलाई साकार बनाउन सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरे । 

उक्त दिवसका अवसरमा सूचना र प्रविधिको क्षेत्रमा योगदान पु¥याउने विभिन्न सङ्घ÷संस्थालाई सम्मान गरिनाका साथै प्रभातफेरी र आइसिटी प्रदर्शनीसमेत गरिएको थियो ।

प्रभातफेरीमा सहभागीले ‘आइसिटी हामी नारी जुटौँ देशमा विकासको मूल फुटाऊँ’, ‘आइसिटीबाट बालिकाको भविष्य सुनिश्चित गरौँ’, ‘सूचना तथा सञ्चार प्रविधिमा किशोरीको सहभागिता, डिजिटल नेपाल निर्माणमा प्रभावकारिता’ र ‘प्रविधिमा महिलाको पहुँच बराबर डिजिटल नेपालको सपना साकार’ लेखिएका प्लेकार्ड बोकेका थिए ।



 

प्रतिकृया दिनुहोस