एनसेलबाट कर असुल्न विद्यार्थी संगठनको माग

काठमाडौं । एनसेलले सर्वोच्च अदालतको आदेश अवज्ञा गरेको भन्दै विभिन्न विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । बिहीबार संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै वाइसीएल नेपाल,अनेरास्वियु,युवासंघ नेपाल र अनेरास्ववियु(क्रान्तिकारी)विद्यार्थी संगठनले आपत्ति जनाएका हुन् । सर्वोच्च अदालतको फैसललाई समेत अवज्ञा गर्ने एनसेलको यस्तो रवैया खेदजनक छ ।

कर तिर्न नपरोस् भन्ने मनसायले उसले गर्ने कुनै पनि चालबाजी वा चाहनाबाजी हामीलाई किमार्थ स्वीकार्य छैन, विज्ञप्तिमा उल्लेख छ । विद्यार्थी संगठनले जसरी पनि एनसेलबाट कर असुल गर्न नेपाल सरकार र सम्वद्ध निकायसँग अनुरोध गरेको छ । साथै संगठनले एनसेललाई यथाशीघ्र कर बुझाउन अपिल गरेको छ ।

२४ घण्टा भित्र एनसेलले कर नतिरेमा विभिन्न दवावका कार्यकम्र घोषणा गरिने पनि विद्यार्थी संगठनले विज्ञप्तिमा जनाएका छन् । करदाता कार्यालयले  निर्धारण गरेको करप्रति चित्त नबुझेपछि एनसेलले आइतबार सर्वोच्चमा रिट दर्ता गरेको छ ।


प्रतिकृया दिनुहोस