आज बैशाख १२: विनाशकारी भूकम्प गएको ४ वर्ष पुरा

पुनर्निर्माणमा के-के भए काम ?

काठमाडौं । २०७२ साल बैशाख १२ गते विनाशकारी भूकम्प गएको दिन । अर्थात आजकै दिन यो दिनलाई बिर्सन त्यति गाह्रो छैन हाम्रालागि । आज विनाशकारी भूकम्प गएको चार वर्ष पूरा भएको छ । आजभन्दा ४ बर्ष अगाडि शनिवारका दिन बिहान ११ बजेर ५६ मिनेट जाँदा भुकम्प गएको थियो । जुन भूकम्पले ८ हजार बढीको  ज्यान लिएको थियो । पहिलो भूकम्प ०७२ बैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा गएको थियो ।

दोस्रो भूकम्प भने बैशाख २९ गते दिउँसो १२ बजेर ५० मिनेट जाँदा गएको थियो । पहिलो भूकम्प ७ दशमलव ८ रेक्टर स्केलको थियो भने दोस्रो ७ दशमलव ३ रेक्टर स्केलको थियो । भूकम्प गएपछि पनि धेरै दिनसम्म कम्पन आउने क्रम जारी थियो र अहिलेसम्म पनि सोको परकम्प आउने क्रम जारी नै छन् । 

भूकम्पले राजधानीको महत्वपूर्ण सम्पदा धरहरासहित बसन्तपुर दरबार, हनुमान ढोका, पाटनको कृष्ण मन्दिरलगायतका दर्जनौ एतिहासिक सम्पदाहरु क्षतिग्रस्त हुनुका साथै राजधानी बाहिरका २० प्रभावित जिल्लामा अबौंको संरचनाहरु ध्वस्त भएका थिए । यस्तै ७ लाख ६२ हजार ३०७ घर भत्किएको थियो ।

भूकम्पको ४ वर्ष बित्दा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ८० प्रतिशत उपलब्धि हासिल भएको जनाएको छ । 

अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३०७ घरपरिवार मध्ये ६ लाख १२ हजार ९३५ घर पुनर्निर्माणको प्रक्रियामा सहभागी रहेको प्राधिकरणले जनाएको छ । यस्तै ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार २७७ परिवारले घर बनाइसकेका काछन् ।  राष्ट्रिय प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुशील ज्ञवालीले ३० प्रतिशत अर्थात २ लाख ३० हजार ५५८ परिवार निजी आवास पुनर्निर्माणको क्रममा रहेको जानकारी दिए । 

यस्तै भूकम्पबाट ७ हजार ५५३ विद्यालय क्षति भएकोमा निर्माण सम्पन्न र निर्माणाधीन गरी ८३ प्रतिशत प्रगति भएको छ । 

यस्तै स्वास्थ्य संस्थातर्फ ६६ प्रतिशत, पुरातात्विक महत्वको सम्पदातर्फ ५९ प्रतिशत, सुरक्षा निकायका भवनहरु ५६ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको छ ।  प्राधिकरणले पुनर्निर्माण र पुनस्र्थापनाको कार्यहरु सम्पन्न गर्न सबैभन्दा ठूलो चुनौति वित्तीय व्यवस्थापन देखिएको जनाएको छ । 

पुनर्निर्माण र पुनस्र्थापनाको पञ्चवर्षीय योजनामा समग्र लागत ९ खर्ब ३८ अर्ब आँकलन गरिएकोमा आर्थिक वर्ष ०७४–०७५ मा कूल १ खर्ब ८६ अर्ब रकम खर्च भएको छ । यस्तै चालू आर्थिक वर्षमा जम्मा १ खर्ब २३ अर्ब खर्च गर्ने परिमार्जित लक्ष्य लिइएको सीईओ ज्ञवालीले जानकारी दिए ।  


पुनर्निर्माण कार्य सम्पन्न गर्न करीब ४ खर्ब २९ अर्ब थप रकम आवश्यक पर्ने प्राधिकरणले जनाएको छ । 

प्रतिकृया दिनुहोस