अटो टेम्पो अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु ७ घाइते

सिन्धुली सिन्धुलीमा भएको अटो टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मरिण गाउँपालिका ४ सहान कपिलाकोटामा भएको अटो टेम्पो दुर्घटनामा सातजना घाइते भएका छन् ।

नयाँवस्तीबाट सहानतर्फ जाँदै गरेको ना १ ह ४६४९ नम्बरको अटो बुधबार दिउँसो २ बजेतिर अनियन्त्रित भई दुर्घटना हुँदा मरिण गाउँपालिका– ३ की वर्ष ३७ की शान्तीमाया योञ्जनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते योञ्‍जनको कपीलाकोट स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख चक्रबहादुर सिंहले जनाकारी दिए। 

दुर्घटनामा मरीण गाउँपालिका–३ चनौटे बस्ने ५५ वर्षीय अटो चालक श्रीलाल माझी, सोही ठाउँका ६०वर्षीय खड्कबहादुर श्रेष्ठ, मरिण गाउँपालिका– ४ का ४५वर्षीया चिनिमाया वाइवा र मरिण गाउँपालिका– ५ की १२ वर्षीया अन्जना थोकर गम्भीर घाइते भएका छन् । 



प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...