प्रधानमन्त्री ओली भन्छन्, अब नेपाली विदेशमा काम गर्न होइन विज्ञका रुपमा सिकाउन जानेछन्

बनेपा । बैदेशिक रोजगारीमा दैनिक १५ को हाराहारीमा युवाहरु विदेश गइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अबका दिनमा नेपालीको परिचय बदलिने दावी गरेका छन् ।

प्रधानमन्त्री ओलीले अब नेपालीले विदेशमा काम गर्न होइन, विज्ञको रुपमा पढाउन सिकाउन जाने दावी गरेका हुन् । नेपालीको परिचय बदल्ने समय आएकाले सरकार नेपालीको परिचय बदल्न लागिपरेको दावी गरे ।

मंगलबार काभ्रेको धुलिखेलमा सञ्जीवनी नमुना विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा ओलीले भने, ‘निरक्षर गरिबी र विदेशमा तल्लो स्तरका काम गर्ने परिचय फेरिनेछ, सरकारले केही वर्षमै गरिबी अशिक्षा बेरोजगारी समस्याको समधान गर्नेछ ।’

प्रधानमन्त्री ओलीले भने,सरकार नेपालीको परिचय बदल्ने गरी काम गरिरहेको छ’, उनले थपे ‘गुणस्तरीय, नैतिक र रोजगारी मुलक शिक्षाको माध्यमबाट नेपालीको क्षमता विकास र परिवर्तन गर्नेछौँ ।’

‘चार वर्षअघि भूकम्पका कारण नष्ट भएका संरचना एक वर्षभित्र पुनःनिर्माण हुनेछ’ उनले भने, ‘धरहरा, रानीपोखरी केही राजमार्ग र केही महत्वपूर्ण संरचना बाहेक अन्यको हामी चाँडै पुनःनिमार्ण गर्छौ ।’

प्रधानमन्त्री ओलीले घुमाउरो भाषामा कांग्रेसको सरकार भएको समय पुनःनिर्माणले गति नलिएको बताउँदै आफ्नो सरकार आएसँगै पुनःनिर्माणले गति लिएको समेत बताए ।

प्रधानमन्त्री ओलीले वर्तमान समयमा निजी विद्यालयले गुणस्तरीय शिक्षाका नाममा चर्को शुल्क लिएको बताउँदै सामुदायिक विद्यालयको गुणस्तरीयता बढाउन लाग्नुपर्नेमा जोड दिए ।  उनले सामुदायिक विद्यालयको भौतिक संरचना भन्दा पनि गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने बताए ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...