फेरियो व्यवस्था, फेरिएन जनआन्दोलनका घाइते मुकेशको अवस्था

बनेपा । जनआन्दोलन २०६२/६३ को क्रममा घाइते भएका काभ्रेपलाञ्चोकको बनेपाका मुकेश कायस्थ अझैं पनि अर्धचेत अवस्थामा मै छन् । जनआन्दोलनको क्रममा २०६२ चैत्र २७ गते बनेपामा गोली लागेर घाइते भएका मुकेश कायस्थ अहिले पनि ओछ्यानमा नै छटपटिरहेका छन् । 

जनआन्दोलनका घाइते मुकेशकी आमा मिरा कायस्थले भनिन्, जनताको बलमा स्थापना भएको लोकतान्त्रिक गणतन्त्र स्थापना भएर सङ्घीयताको मूल मर्मअनुसार तीन तहको सरकार गठन भएर सेवा प्रवाह भइरहेको अवस्थामा लोकतन्त्र स्थापना गर्न आन्दोलनमा होमिएका जनआन्दोलनका घाइतेको अवस्था भने जस्ताको उस्तै छ । 

उपचारको क्रममा अहिलेसम्ममा तीन पटक टाउकाको शल्यक्रिया गरिसकिएको छ । असार महीनामा शल्यक्रिया भएपछि पनि अवस्था उस्तै छ । ‘मङ्सिरमा अप्रेशन गरे, खासै सुधार देखिएको छैन’ उनकी आमा मिराले भनिन्, ‘मुखले खाने र हाँस्ने जस्ता काम अहिले गर्न सकेको छैन ।’

अहिलेसम्म पनि उपचारको सबै खर्च सरकारले नै ब्यहोर्दै आएको भए पनि सङ्घीय संरचनाअनुसार जिल्लामा रहेको जनस्वास्थ्य कार्यालय प्रदेशअन्तर्गत रहने भएपछि उपचारको लागि व्यवस्था हुँदै आएको नर्सको सुविधा नभएको मिराको भनाइ छ ।

मुकेशको लागि स्वास्थ्य मन्त्रायलयबाट जिल्ला जनस्वास्थ्य कार्यालय हुँदै आउनुपर्ने सुविधा जिल्ला जनस्वास्थ्य कार्यालय अहिले प्रदेशअन्तर्गत भएपछि भएको फेरबदलका कारण करीब एक वर्षभन्दा बढी समय गुज्रदा पनि उपलब्ध हुन नसकेको मिराको भनाइ छ ।

मुखले पनि नखाने र हातखुट्टा पनि चल्नुपर्ने नचलेको आमा मिराले बताए । अहिले अक्सिजन चाही दिइरहनुपर्ने अवस्था नभएको उनी बताउँछिन् । मुकेश कायस्थ प्रतिस्ठानका मोहन दुवालले मुकेशको नाममा मस्तिष्क घातको पुनस्र्थापना केन्द्र स्थापना गर्नको लागि पहल गरिरहेको बताए ।

‘मुकेश जस्तै बिरामीहरुको उपचारमा सहज होस् भनेर केन्द्र स्थापना गर्न माग गरिरहेका छौँ तर त्यो अगाडी बढिरहेको छैन’, उनले भने, ‘ठाउँको अभावको कारण त्यो प्रक्रिया अगाडि बढ्न नसकेको भन्ने उनको भनाइ छ ।’

पुनःस्थापना केन्द्र स्थापना गर्नैपर्छ भन्ने अभियानमा त्यसको बारेमा निरन्तर कुराकानी भइरहेको पनि उनले बताए । मुकेश जस्तै अन्य घाइतेको उपचारको लागि सहज वातावरण होस् भन्ने हेतुले २०६८ मा मुकेश कायस्थ प्रतिष्ठानले सो विषयलाई संस्थागत रुपमा अगाडि बढाइरहेको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...