विप्लव समुहको महिला संगठनकी केन्द्रिय सदस्य सुवेदी पक्राउ

बुटवल ।  विप्लव नेतृत्वको नेकपाको महिला संगठनकी केन्द्रिय सदस्य कल्पना सुवेदी पक्राउ परेकी छन् । सुवेदीलाई गएराती करिव १२ बजेतिर देवदहबाट पक्राउ गरिएको रुपेन्देहीका प्रहरी प्रमुख एसपी ह्दय थापाले जानकारी दिए  ।

एसपी थापाका अनुसार उनलाई देवदहस्थित उनको घरबाटै पक्राउ गरिएको हो । विप्लव समूहलाई प्रतिबन्ध लगाएयता रुपन्देही प्रहरीले सुवेदी सहित जिल्ला तहका १० जना नेतालाई पक्राउ गरेको जनाएको छ । 

ती मध्ये सैनामैनाका जनसरकार प्रमुख बताईएका रेशमबहादुर खाँड, युवा संगठनका नेता  सावद भनिने शेरबहादुर राना र शिक्षक संगठनका नेता रामजी आचर्य सहित ३ जनाले आत्मासमपर्ण गरि रिहा भएका छन र सो पार्टी त्यागेका छन । बाँकी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको एसपी थापाले बताए। 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...