दुर्घटनामा एक महिलासहित २ जनाको मृत्यु

राजविराज ।  छुट्टा–छुट्टै स्थानमा भएको दुर्घटनामा गएराती एक महिलासहित दुई जनाको मृत्यु भएको छ । शम्भुनाथ नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा भएको सावरी दुर्घटनामा शम्भुनाथ नगरपालिका ३ की ७० वर्षीया मखनीदेबी थरुनीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१च ८४०० नम्बरको पिकअप भ्यानले पैदल यात्री थरुनीलाई राति १० बजे ठक्कर दिएको थियो । घाईतेलाई उपचारको लागि रुपनी गाउँपालिकास्थित युनिक अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको जनाउँदै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

  सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा लिएको छ । यस्तै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका २ बस्ने ६५ वर्षीय फनिकलाल सदाको मृत्यु भएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–३ स्थित रहेको दिनाभद्रिको मन्दिरमा सोमबार साँझकोे पूजा गर्न गएका बेला अचानक बेहोस भएका सदाको उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ

। मन्दिरमा भाकल चढाउन भनी श्रीमतीसँंग गएका सदा बेहोस भएपछि उपचारका लागि तत्कालै स्थानिय अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा राति ८ बजे उनको मृत्यु भएको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिएका छन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...