पर्साबाट जरायोको सिङ र गाँजासहित एकजना पक्राउ

काठमाडौँ । जरायोको सिङ र अबैध गाँजसहित एकजानालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ का ३९ वर्षीय उमेश सहनी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सहनीको घर खानतलासी गर्दा घरभित्र लुकाई राखेको ७० किलो गाँजा र साढे तीन फिट लम्बाई भएको जरायोको सिङ बरामद गरेको हो । पक्राउ परेका सहनीलाई प्रहरी हिरासतमा राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...