देशमा फेरि विद्रोह गर्ने भ्रम नपाल्न प्रचण्डको आग्रह

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा फेरी विद्रोह गर्ने भ्रम नपाल्न सबैलाई  आग्रह गरेका छन् ।

मंगलबार ललितपुरमा आयोजित आदिवासी–जनजातिहरुको अधिकारसम्बन्धी उच्चस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले फेरि विद्रोह, फेरि हिंसा र आन्दोलन गर्नुपर्ने अवस्था आउने हो कि भन्ने भ्रम लिएर नहिँड्न आदिवासी–जनजाति समूदायलाई पनि सचेत गराए । उनले भने, नेत्र विक्रम चन्द नेतृत्वको नेकपा आदिवासी जनजातिको पक्षमा नरहेको पनि स्पष्ट पारे  ।

 आदिवासी–जनजातिहरुको अधिकार सुनिश्चित हुने गरी संविधानमा विभिन्न आयोगको व्यवस्था गरिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनका लागि सरकार र राजनीतिक नेतृत्वलाई दबाब दिने गरी बृहत बहसको सुरुवात गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

अध्यक्ष दाहालले संविधानमा व्यवस्था गरिएका स्वायत्त प्रदेश, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र कार्यान्वयनका लागि वातावरण बनाउने गरी सरकारलाई  दबाब दिन जरुरी रहेको पनि भन्दै उनले संविधानमा किटान गरिएको आदिवासी–जनजातिहरुको पहिचान अनुसार विकास, निर्माणको कामलाई अघि बढाउन गाउँपालिका, नगरपालिका र वडामा समेत सरकारको परिकल्पना गरिए पनि सो अनुसार काम हुन नसकेको पनि स्पष्ट पारे ।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...