बीआरआईको योजनाका लागि लिइने ऋण सकारात्मक हो: राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बीआरआईको योजनाका लागि लिइने ऋण सकारात्मक रहेको बताएकी छिन् ।

चिनियाँ सञ्चारमाध्यम सीजीटीएनलाई दिएकोे अन्तर्वार्ताको क्रममा उनले चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इचिशिएटिभ (बीआरआई) का लागि सबै पक्षले संयुक्त पहल शुरु गर्नुपर्ने बताएकी हुन् । 


यस साता चीनमा हुन गइरहेको दोस्रो बीआरआई सम्मेलमा भाग लिन जानुअघि भण्डारीले यस्तो बताएकी हुन् । काठमाडौंमा चिनियाँ पत्रकारहरुसँगको अन्तर्वार्तामा उनले बीआरआईप्रति नकारात्मक हुन नहुने बताएकी हुन् । 


चीनको यो योजनाले ऋणको अत्यधिक भार बढ्ने र यसले चीनको प्रभाव मुलुकमा बढ्ने भन्दै यसलाई चीनको ‘ऋण जाल’ रहेको भन्दै आशंका व्यक्त गरिँदै आएको  छ । 


राष्ट्रपति भण्डारीले यो योजनाले नेपालको विकासमा सहयोग पुग्ने पनि विश्वास व्यक्त गरेकी छिन् । उनले अल्पविकसित मुलुक भएको कारण पनि नेपाललाई वित्तीय लगानी र प्राविधिक सहकार्यको जरुरी रहेको बताएकी छिन् । 


उनले नेपालको उज्वल भविष्य  र चीनले नेपाललाई गर्ने सहयोगी व्यवहारमा आधारित रहने बताएकी छिन् । दोस्रो बीआई सम्मेलन बिहीबारबाट शुरु हुँदैछ । यो सम्मेलन आइतबार सकिनेछ । यो सम्मेलनमा १५० मुलुकका ५ हजारभन्दा बढी सहभागी हुँदैछन् । यसमा ९० अन्तर्राष्ट्रिय संगठन र ३७ मुलुकका सरकारप्रमुख पनि सहभागी हुनेछन् । 

प्रतिकृया दिनुहोस