राप्रपा संयुक्तले प्रदेश स्तरीय भेला गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को प्रदेश स्तरीय कार्यकर्ता भेला काठमाडौंमा हुने भएको छ । प्रदेश नं. ३ स्तरीय कार्यकर्ता भेलामा करिव १२ सय कार्यकर्ता भेला हुँदैछन् । 

सो भेलामा पार्टी अध्यक्षद्धय डा. प्रकाशचन्द्र लोहनी र पशुपति समशेर राणाले सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार प्रसार समितिका सदस्य जनकराज पाठकले जानकारी दिए । 

नेपाल प्रज्ञा प्रतिस्ठान कमलादीमा हुने सो भेलामा प्रदेश ३ का १३ जिल्लाबाट जिल्ला कार्य समितिका पदाधिकारी, क्षेत्रीय कार्य समिति, नगर कार्यसमिति, प्रदेश भित्रका सबै केन्द्रीय सदस्यहरुले भाग लिनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...