महिला र दलित निषेधित मन्दिर, जहाँ विना बादल असिना पानी पर्छ

प्युठान । मन्दिर सबैका आस्थाको प्रतिक हो र विश्वास पनि हो । तर, अझै पनि कतिपय स्थानमा मन्दिरहरुमा महिला र दलितलाई मन्दिर पस्न दिइँदैन । प्युठानको झिमरुक गाउँपालिका वडा नं. ८ मा रहेको स्नाथान मन्दिरमा पनि दलित र महिलाका लागि निषेधित छ ।

स्नाथान मन्दिर पुग्ने जो सुकै महिला होस् वा दलितले मन्दिर पस्न पाउँदैनन् । यहाँ देवीको पूजा गरिने भएकाले मारकाट गरिने स्थानमा महिला प्रवेश गर्न नहुने मान्यता छ ।

मन्दिरमा स्थापना कालदेखि नै महिला प्रवेशमा निधेष गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवम् झिमरुक गाउँपालिका ८ का अध्यक्ष तुलस बस्नेत बताउँछन् ।

महिला र दलित थानमा गए आफुहरुलाई नै घातक हुन्छ भन्ने मान्यताका कारण उनीहरु नै डरले गर्दा महिला र दलित मन्दिरभित्र प्रवेश गर्न दुस्साहस गर्दैनन् ।

यो मन्दिरमा हरेक चैते दशैंको नवमी र आश्विन महिनाको नवमीमा कालिपाठी चढाइन्छ । यो बेला १ सयदेखि ३ सय मिटरसम्म जो कसैलाई प्रवेश गर्न निशेध छ । अन्य समयमा सबै जातजाति र महिला पुरुष पुजापाठ गर्न पाउने प्रचलन छ ।

त्यतिबेला दलित, महिलाहरु भक्तजनहरु बाहिरबाटै पुजापाठ गर्छन् । उनी भन्छन्, ‘तर पनि उहाँहरुको मन दुःखी हुन्छ जस्तो लाग्छ ।’ उनले भने, ‘तर भित्र जान चाहनेलाई हामी रोकतोक गर्दैनौं ।’

यस्तो छ कथा

२०७२ सालमा स्थानीयले श्रमदान गरी जिर्णदार थानको संरक्षणका लागि  दलित, महिला सहितले काम गरिरहेका बेला एक्कासी ती महिला काम्दै किन तल्लो जात र महिलालाई यसरी लिएको भन्दै उनी बोलेको न केही समय पछि ध्वजा भेटी चढाएर काम्न छाडिन् । त्यो बेलादेखि सो मन्दिरमा महिला र दलित आफैँ पनि पस्न डर मान्छन् ।

स्नाथानमा वर्षका दुई असोज र चैतमा हिन्दुहरुले मनाउने रामनवमीमा बलि दिने प्रथा छ । यो मन्दिरमा पुरुष मात्रै मन्दिरमा प्रवेश गर्न पाउने  प्रचलन छ । बलि दिएको पाठीको मासु महिलाले खान नहुने र काटिएको मासु घर लान नमिल्ने परम्परा पनि छ । यदि मासु घर लगेमा अशुभ हुने जनविश्वास अझै यहाँ कायम छ ।

ऐतिहासिक धार्मिक महत्व बोकेको थानमा बलीका लागि आसपासका जिल्लाबाट असोज र चैतको रामनवमीमा २ सय ५० भन्दा बढी पाठीलाई बली दिने गरिएको छ । यसका लागि प्युठान, दाङ, गुल्मी, कपिलवस्तु, रोल्पा लगायतका जिल्लाबाट पाठीहरु दुई दिन लगाएर स्नाथान ल्याइन्छ ।

बली चढाइएको मासु पुरुषले मात्रै खानुपर्ने बाध्यकारी प्रचलनले गर्दा बली दिनेको कमी हुन थालेको छ । यहाँ बली चढाइएको मासु मासु पोलेर मात्रै खाने प्रचलन छ । पोलेर खान नसकेको मासु जति आगो लगाई जलाइने गरिन्छ ।

बली दिने क्रममा पुजारीहरुको हातले सिलाएको बस्त्र मात्रै प्रयोग गर्न पाउने परम्परा छ । पुजारीको छनोट प्रक्रिया परम्परादेखि उस्तै रहँदै आएको छ । महतारा, पछाई, जिसी, थापा र पोखरेलहरु पुजारीको भूमिका निर्वाह गर्दै आएका छन् ।

नवरात्रको दिनमा सम्बन्धित जातिलाई सुपारी दिएपछि सो समुदायले आफ्नो तर्फको पुजारी छनोट गर्ने प्रचलन रहेको छ । स्नाथानमा मार हान्ने कार्य महतारा समुदायका पुजारीले गर्छन् ।

यस्तो छ किम्बदन्ती

परापुर्वकालमा भुरेटाकुरे राजाले शासन गर्ने समयमा तुसाराकोटमा रते बिस्ट मन्त्रीले शासन गर्थे भित्रिकोट बाट आएको फौजले तुसाराकोटका फौजलाई मारेका थिए ।

यहाँका महतरा, पछाई, घर्ती, उप्रेत, थापा जस्ता यी पाँच जातिले युद्धमा सहयोग  गरेका थिए । त्यहाका थापालाई एक दिन सपनामा देवीले पुजा गर्न आदेश दिएपछि उनीहरुबाट कोट प्रमुखको रुपमा स्नाथानमा पुजापाठको सुरु गरिएको स्थानीय जानकारहरु बताउँछन् ।

मन्दिरमा लामो समयदेखि पुजापाठमा सरिक स्थानीय कर्मबहादुर महत भन्छन्, ‘यहाँ यस्तो अचम्म लाग्दो छ, बिना बादल असिना पानी पर्ने, घरमा आफैँ आगो लाग्ने, चट्याङ पर्ने,  यहाँका बासिन्दालाई खाना पकाउने भाडावर्तन आफैँ उत्पत्ति हुने जस्ता अचम्मका घटना हुने गरेको लामो इतिहास छ ।’

पर्यटकीय क्षेत्र बनाउने प्रयास

स्थानीय निकाय, सांसद कोष, पर्यटन मन्त्रालय र गाउँपालिकामार्फत झण्डै २५ लाख रकमले स्नाथान नजिक पोखरी, तारबार यसको संरक्षण र प्रबर्द्धनका लागि खर्च गरिएको छ ।

पर्यटन प्रबर्द्धनका लागि यो क्षेत्रले ठूलो महत्व राखेको छ । यसको प्रबर्द्धन गर्न स्थानीय तहबाट बजेट बिनियोजन गरी डिपिआर गर्ने तयारी भइरहेको झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसी बताउँछन् ।

यहाँको मौलिक पहिचान बचाउन र भौतिक संरचना निर्माणका लागि वडाध्यक्ष बस्नेतकै नेतृत्वमा व्यवस्थापन समिति बनेको छ । भौतिक संरचनाका लागि हालसम्म स्थानीय र प्रदेश सरकारले गरि ३६ लाख बजेट विनियोजन गरिएको छ ।

विनियोजित बजेटले स्नाथानमा पर्खाल लगाउने कार्य भएको छ । यहाँ सिढीँ पनि बनाइएको छ । संरचना निर्माणको अभाव खेपिरहेको स्नाथानलाई पर्यटकीय क्षेत्र बनाउने थप पहल भइरहेको वडाअध्यक्ष बस्नेत बताउँछन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...