लुटको महायात्रामा बालुवाटार पुगिसक्यो, सिंहदरबार र टुडिखेल कसरी सुरक्षित गर्ने ?

नेकपा दल मिले पनि मन मिलेको छैन

बुटवल । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले राष्ट्रिय लुटको महायात्रामा बालुवाटार गइसकेको दावी गरेका छन् । सिंहले सिंहदरबार र टुडिखेल नै असुरक्षित रहेको अवस्थामा सो घटनामा संलग्नलाई सरकारले ढृढताका साथ कारबाही गर्नुपर्ने बताएका छन् ।

सोमबार बुटबलमा आयोजित एक कार्यक्रममा नेता केसीले कसैले सरकारको बिरोधै गर्न नपाउने लेख्नै नपाउने, बोल्नै नपाउने लोकतन्त्र लोकतनत्र हुन नसक्ने जिकिर गरे । ‘स्वतन्त्र पत्रकारिता एक अर्काका परिपुरक हुन्’ उनले भने, सरकारले संचार बिधेयकले सूचना रोक्ने र देशलाइ संकुचन गर्ने काम गरेको छ ।’

उनले सरकार ३३ केजी सुन, बुढिगण्डकी, वाइडवढी, फोरजी, बालुवाटारको जग्गा, निर्मला पन्त हत्या काण्डमा सरकार पूर्णत फेल भएको पनि बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता यन्त्रीक मात्र भएको बताए । उनले भने ‘सत्तारुढ नेकपा दल मिले पनि मन मिलेको छैन, योगेश जीहरुले त पुरानै एमाले मागीसक्नु भो ।’

राष्ट्रिय सुरक्षा बिधेयकले राष्ट्रको हित नगर्ने भएकाले सरकारले सैनिक परिचालन हुन सक्ने बाटो देखाएको बताए । प्रधानमन्त्री शक्तिको भोग र शक्तिमा मात्रै केन्द्रित भएको उनको आरोप छ । नेता केसीले प्रधानमन्त्रीले अधिकार आफैँमा केन्द्रित गरेर अधिनायकबादको यात्रामा लागेको आरोप लगाए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...