राप्रपाद्धारा सरकारसँग वार्ता गर्न समिति गठन

वार्ताको ह्याण्डिल दिपक बोहोराले गर्ने

काठमाडौं । राप्रपाले सरकारसँग वार्ता गर्न दिपक बोहोराको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति गठन गरेको छ । समितिको सदस्यमा महामन्त्री राजेन्द्र लिङदेन र नेता निरंजन थापा रहेको छन् ।

कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले आइतबार वार्तामा आउन पत्र पठाएपछि राप्रपाले सरकारको पहलकदमी सकरात्मक भन्दै सोमबार वार्ता समिति गठन गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए । 

राप्रपाले गत फागुन ७ गते नेपाल सरकार समक्ष पेश गरेको २२ बुँदे मागका सम्बन्धमा वार्ता गर्न आइतबार कानुन मन्त्री भानुभक्त ढकालले सरकारका तर्फबाट पत्र लेखी बैशाख १० गतेका लागि वार्तामा आमन्त्रण गरेका थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...