असिनापानीले बालीनाली नष्ट

बैतडी । बैतडीमा आइतबार दिउँसो आएको असिनापानीले बाली नष्ट पारेको छ । जिल्लाको दशरथचन्द र पाटन नगरपालिकाका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । लगातार एक डेढ घण्टा परेको असिनाले पाक्नै लागेको गहुँबाली नष्ट गरेको किसानले गुनासो गरे ।

पाक्नै लागेको बालीनाली असिनाले नष्ट पारेपछि किसान चिन्तित बनेका छन् । अलिअलि केही दिन अघि परेको असिनाले बाली नष्ट गरेको थियो भने आइतबार परेको असिनाले पुरै सखाप पारेको छ ।

दशरथचन्द नगरपालिका –१ का किसान कृष्णदत्त भट्टले भने,असिनाले रुखका बोक्रा समेत निकालेको छ , तरकारीका बेर्नाहरु पूर्णरुपमा नष्ट भएका छन् । फर्सी, काक्रो, लौका,घिरौलालगायतका तरकारीका बिरुवा हुर्कनै लागेका बेला परेको असिनाले सबै सखाप पारेको छ । यसले हामी तरकारी खेतिमा लागेका किसानलाई ठूलो क्षति पुर्‍याएको छ ।




प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...