मानिस मरिसकेपछि उसको नाकमा किन कोचिन्छ कपास ? यस्तो छ कारण

मानिस मरिसकेपछि उसको नाकमा कपास राख्ने गरिन्छ । तर यसो किन गरेको होला भनि कौतुहलता लाग्ने गर्दथ्यो । मरेको मानिसले कथन् कदाचित फेरि स्वास फेर्न नपाओस् भन्नका लागि पो यसो गरिएको हो कि भन्नुहोला । तर होइन । यसको खास कारण यस्तो छ ।

यसका पछाडि वैज्ञानिक र आध्यात्मिक दुवै कारण रहेका छन् । कुरा गरौँ वैज्ञानिक कारणको । मृत्युपछि मानिसको नाक तथा कानबाट पानी निस्कन्छ । सोही पानी बाहिर नचुहियोस् भन्नका लागि नाक र कानमा समेत कपास कोच्ने गरिन्छ ।

 साथै लासमा निकै छिटो संक्रमण हुने भएको र नाकबाट किटाणुको संक्रमण छिटो हुने हुनाले पनि नाकको प्वाल छोपिदिने गरिएको हो । हिन्दु धर्ममा शवको नाकमा कपास कोच्नुको धार्मिक कारण पनि यस्तो छ । गरुण पुराणका अनुसार मृतकको सरीरका विभिन्न खुला भागहरुमा सुनको टुक्रा राखिदिनुपर्दछ ।

नाक, कान, आँखा, मुख जस्ता ठाउँमा सुनको टुक्रा राखिदिनुपर्ने यहीँ धार्मिक मान्यता रहेको र नाकको हकमा प्वाल अलिक ठूलो हुने र सुनको सानो टुक्रा खस्ने भएको हुँदा नाकभित्र सुनको टुक्रा हालेर त्यसलाई बाहिरबाट कपासले छोपिदिने गरिन्छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...